असार ३,२०८३ / ०२ : २१ पूर्वान्ह / 2026-06-17 02:21 am
      • param ad
      • furniture
      • veera Incorporation

      प्रचण्ड 'सेल्फ क्वारेन्टाइन'मा

      - ६ वर्ष अगाडि
      चैत ६,२०७६

      काठमाडौं, कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड 'सेल्फ क्वारेन्टाइन'मा बसेका छन् ।

      प्रचण्डले आज (बिहीबार)बाट सबैखाले भेटघाट बन्द गरेको उनको सचिवालयले जनाएको छ । गेटमा चेकजाँच कडा पारिएको छ भने परिवारका सदस्यबाहेक कसैलाई पनि नभेट्ने गरी उनी घरभित्रै बसेका छन् ।

      अत्यावश्यक काम परेर भेट्नैपर्ने परिस्थिति भए सबैखाले चेकजाँच गरेर मात्रै भेट्ने प्रवन्ध मिलाइएको उनको सचिवालयका सदस्य सन्तु दराईले जानकारी दिए ।

      प्रचण्ड सोल्फ क्वारेन्टाइनमा बसेको उनकी छोरी गंगा दाहालले पनि फेसबुकमार्फत जानकारी गराएकी छिन् ।

      उनले लेखेकी छिन्– ‘विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसका कारण अध्यक्ष कमरेड प्रचण्डद्वारा गरिने सम्पूर्ण भेटघाट (अत्यावश्यक बाहेक) हाललाई स्थगित गरिएको छ ।’

      सरकारले बुधबारमात्रै अत्यावश्यक कामबाहेक बाहिर हिँडडुल गर्न रोक लगाएको थियो ।

      २५ जना भन्दा बढी भेला हुन नपाउने, देशैभरका सिनेमा हल, सांस्कृतिक केन्द्र, रंगशाला, खेलस्थल, जिम र हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल, डान्सबार र क्लब बन्द गर्ने निर्णय गरेको छ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d