असार ३,२०८३ / ०२ : ३० पूर्वान्ह / 2026-06-17 02:30 am
      • param ad
      • furniture
      • veera Incorporation

      प्रदेश नं-२ मा अख्तियार जस्तै छुट्टै आयोग गठन

      - ६ वर्ष अगाडि
      चैत २,२०७६

      जनकपुर, प्रदेश नं-२ सरकारले संघमा रहेको अख्तियार दुरुपयोग अनसुसन्धान आयोग जस्तै छुट्टै आयोग गठन गर्ने भएको छ ।

      जसका लागि प्रदेश सरकारले शनिबारको प्रदेशसभा बैठकबाट जनलोकपाल विधेयक पारित पारित गराएको छ ।

      प्रलेश सभाले प्रदेशमा सुशासन कायम गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ सर्वसम्मतले पारित गरेको हो ।

      प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको प्रदेशमा भ्रष्टाचार, ढिलासुस्तीजस्ता अनियमितता रोक्नका लागि सो विधेयक सर्वसम्मतले पारित भएको हो ।

      प्रदेशसभाबाट पारित सो विधेयक प्रदेश प्रमुखबाट प्रमाणित भई राज्यपत्रमा प्रकासित भएपछि प्रदेश ‘जनलोकपाल ऐन २०७६’ को नाउँले कार्यान्वयनमा आउने छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d