असार ३,२०८३ / ०२ : ३० पूर्वान्ह / 2026-06-17 02:30 am
      • param ad
      • furniture
      • veera Incorporation

      दुई राप्रपाबीचको एकता आज घोषणा हुँदै

      - ६ वर्ष अगाडि
      फागुन २८,२०७६

      काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच बुधबार (आज) एकीकरणको औपचारिक घोषणा हुँदैछ। राष्ट्रियसभा गृहमा दिउँसो साढे १२ बजे विशेष कार्यक्रमका बीच एकता घोषणा हुन लागेकाे राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

      शनिबार राति पार्टी एकताकाे सहमति पत्रमा राप्रपा अध्यक्ष कमल थापा, राप्रपा संयुक्तका डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेरले हस्ताक्षर गरेका थिए। लामो समयको छलफल र वार्तापछि दुइ पार्टीबीच एकता घोषणा हुन लागेको श्रेष्ठले बताए। घाेषणा सभालाई राप्रपाका तीनै जना नेताहरु कमल थापा, डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेरले सम्बाेधन गर्ने छन्।

      २०४७ साल जेठ १५ गते आधिकारीक रुपमा दर्ता भएकाे राष्ट्रिय प्रजातन्त्र पार्टी बीचमा ५ पटक फुटेकाे छ भने ४ पटक जुटेकाे छ। २०७३ मंसिर ६ गते एकता भएकाे राप्रपा २ वर्ष नपुग्दै २०७४ साउन २२ मा फुटेकाे थियाे। याे दुई वर्षकाे अन्तरालमा राप्रपा फेरि एक ठाउँमा आएका छन्।

      पार्टी एकतालाई लिएर राप्रपा नेताहरु उत्साहित देखिएका छन्। 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d