असार ३,२०८३ / ०२ : २२ पूर्वान्ह / 2026-06-17 02:22 am
      • param ad
      • furniture
      • veera Incorporation

      नेपाली कांग्रेसको आन्तरिक विवाद उच्च विन्दुमा , पौडेल पक्षको भेला हेटौंडामा

      - ६ वर्ष अगाडि
      फागुन १९,२०७६

      काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केही समययता आन्तरिक विवादमा छ। महाधिवेशन घोषणापछि केही मत्थर भएको विवाद सभापति शेरबहादुर देउवाले लामो समयदेखि गठन हुन नसकेका विभाग विस्तार गरेपछि फेरि विवाद चर्किएको छ।

      महाधिवेशन आउन एक वर्षमात्रै बाँकी छँदा सभापति देउवाले एकलौटी ढंगले विभाग गठन गरको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष रुष्ट बनेको हो ।

      महाधिवेशनको मिति तय भइसकेको अवस्थामा पार्टीभित्र आफूलाई सर्वमान्य बनाउन सभापति देउवाले आफूखुसी विभाग गठन गरेको आरोप पौडेल पक्षको छ।

      देउवाविरुद्ध कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न पौडेल पक्षले आइतबार हेटौंडामा भेलासमेत आयोजना गरेको छ । भेलामा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसीलगायत नेता सहभागी थिए।

      पार्टीको ‘बागमती प्रदेशका वर्तमान तथा पूर्व सभापतिहरुको भेला’ नाम दिइए पनि उक्त भेला पौडेल पक्षको रणनीति बनाउने भेला भएको स्रोतको दाबी छ।

      भेलाले पार्टी सभापति देउवाविरुद्ध योजनावद्ध ढंगले उत्रने र आगामी महाधिवेशनबाट देउवाको हातबाट नेतृत्व फुत्काउने निष्कर्ष निकालेको स्रोत बताउँछ। देउवाविरुद्ध आक्रामक रुपमा उत्रने र अहिलेदेखि नै जिल्लामा अभियान सञ्चालन गर्ने निर्णय भेलाले गरेको सहभागी एक पू्र्व जिल्ला सभापतिले बताए ।

      महाविधेशनको मिति तोकिएर आचार संहितासमेत लागू भइसकेको सभापति देउवाले विभाग गठन गर्नुलाई पौडेल पक्षले देउवाको महाधिवेशनको तयारीका रुपमा बुझेको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d