असार ३,२०८३ / ०२ : २३ पूर्वान्ह / 2026-06-17 02:23 am
      • param ad
      • furniture
      • veera Incorporation

      नेकपाको संविधान संशोधन कार्यदललाई कांग्रेसद्वारा ‘तमासा’ को संज्ञा

      - ६ वर्ष अगाडि
      फागुन १२,२०७६

      काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बनाएको संविधान संशोधन कार्यदललाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ‘तमासा’ को संज्ञा दिएको छ।

      दलहरुसँग विमर्श नै नगरी संविधान संशोधनका लागि कार्यदल बनाइएकोमा कांग्रेसले असन्तुष्टि जनाएको हो । प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै संविधान संशोधन कार्यदलप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

      मधेशले संविधान संशोधनको माग गर्दा संविधान संशोधन नगर्ने तर अहिले एक व्यक्तिका लागि संविधान संशोधन गर्न लागिएकोमा शर्माले आपत्ति जनाएका हुन । 

      ‘मधेशले माग्यो संविधान संशोधन, भनियो –हुन्न। जनजातिले मागे हुन्न भनियो, दलित, थारु अनि अरुले मागे तिनलाई पनि हुन्न भनियो। तर आज कोही एक ब्यक्तिको अनुहार हेरेर संशोधन तयारी?’ शर्माले प्रश्न गरेका छन्।

      ‘गम्भीर राष्ट्रिय विमर्श बिना यो के तमासाको तयारी कमरेडहरु?’ भनी शर्माले प्रश्न गरेका छन्।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d