काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा संम्बोधन गर्दै आफ्नो २ बर्षे कार्यकालको प्रगती विवरण सार्वजानिक गरेर २ बर्षमा सरकारले तिव्र गतीमा विकास गरेको दावी गरे । सवै कोणबाट विभिन्न तरिकाबाट सरकारको समिक्षा हुदै गर्दा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि सरकारको समिक्षा गरेको छ । प्रतिपक्षी कांग्रेसले सरकारले तुलनात्मक रुपले जिम्मेवार र सालिन प्रतिपक्षी हुंदा समेत जनअपेक्षा काम नगरी अधिनायकवाद तर्फ उन्मुख हुन खोजेको निष्र्कष निकालेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारको दुइ बर्षे कार्यकालको समिक्षा रिपोट सार्वजानिक गरेको हो । विभिन्न शिर्षक राखेर समिक्षा गरेको पत्रमा कांग्रेसले सवै क्षेत्रमा सहज समयको सदुपयोग हुदाहुदै पनि सरकारले परिणामुखी ढंगले काम गर्न नसेकेको बरु अधिनायकवाद उन्मुख आकांक्षाका कारण अनुकूल परिस्थितिलाई स्वयं आफैले क्रमशः प्रतिकूल बनाएको ठहर गरेको छ । राष्ट्रियताको कोणबाट , लोकतन्त्रको कोणबाट , संविधान र संघीयताको कोणबाट, शान्ति सुरक्षाको कोणबाट , सुशासन र समृद्धिको कोणबाट, सदाचार र भ्रष्टाचारको कोणबाट, रोजगारी सृजना र विस्तारको कोणबाट विभिन्न शिर्षक राखेर कांग्रेसले आफ्नो धारण सार्वजानिक गरेको छ । यी विषयहरु सरकार पुर्णरुपमा असफल रहेको तथ्य सहित सरकारको २ बर्षेकार्यकाल असफल भएको दावी गरेको छ ।
शान्ति स्थापना, संविधान निर्माण र तीन तहको निर्वाचन मार्फत् मुलुकमा निर्मित तुलनात्मक सहज राजनैतिक वातावरण ,नेकपासँग रहेको बहुमत एवं संसदमा रहेको तेस्रो दलको सरकारमा सहभागितापछि एक समयसम्म निर्मित दुई तिहाई र तुलनात्मक रुपले जिम्मेवार र सालिन प्रतिपक्षको उपस्थितिलाइ मानिएको छ । यस्तो सहज परिस्थिती हुंदा समेत सरकारले जनचाहान र निर्वाचनको बेला जनतासंग गरेको घोषणा अनुसार कुनैपनि काम हुन नसेको दावी गरेको छ ।नेकपाको सरकारलाई गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने नीति घोषणा गरेको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले यो दुई वर्षको अवधिमा सालिन र जिम्मेवार भूमिका निर्वाह गरेको प्रवक्ता शर्माको दावी छ ।
कालापानी लगायत समग्र सिमा एवं राष्ट्रियताको प्रश्न, संविधानप्रति अपनत्वको दायरा विस्तार एवं लोकतन्त्र सुदृढीकरणको मुद्दा र समृद्धि तर्फको यात्रा यी साझा विषयमा नेपाली कांग्रेसले सरकारलाई खुला ढंगले साथ दिएको पत्रमा उल्लेख छ तर राष्ट्रियताको प्रश्नमा सरकारको अर्कमण्य भूमिका, संविधानको मर्म विपरीतका विधेयक एवं अनेक आर्थिक अनियमितता र भ्रष्टाचारको प्रश्नमा सरकारको विपक्षमा नेपाली कांग्रेस उभिंदै आएको टिप्पणी गरेका छन । प्रतिपक्षको संयमित भूमिकालाई कमजोरी ठान्ने अधिनायकवादी मनोविज्ञानले एकातर्फ नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रयत्न गरेको छ भने अर्कोतर्फ प्रतिपक्ष एवं प्रतिपक्षी दलका नेता, कार्यकर्तामाथि अवान्छित ढंगले प्रतिशोधको व्यवहार प्रस्तुत गरेको आरोप लगाएको छ ।








