काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको फागुन ३ गते २ बर्ष पुरा हुदैछ । तर सरकारले गरेको कामलाई हेर्ने हो भने चित्त बुझाउने ठाउं कही देखिदैन । विश्लेषकहरुले त नेपालको आर्थिक, सामाजिक, राजनीतिक, पराष्ट्रनीति, सवै क्षेत्रमा सरकार असफल भएको टिप्पणी गरेका छन ।
सरकारले मुलुकमा अग्रगामी छलाङ मार्ने काम सुरु भएको भन्दै पटक–पटक दावी गर्दै आइरहंदा वास्तविकता भने फरक छ । दुई तिहाई मतको सरकारबाट आम नागरिकले जुन आशा र अपेक्षा राखेका थिए । उक्त चाहाना अनुसार सरकारले काम गर्न नसकेको भन्दै संसददेखि सडकसम्म विभिन्न काण्डहरुमा सरकारको आलोचना र विरोध हुनुले नै सरकारको २ बर्षे कार्यकाल कति सफल कति असफल भन्ने कुरा स्पष्ट भएको बताउनुहुन्छ राजनीतिक विश्लेषक आनन्दराम पौडेल ।
उता प्रधानमन्त्री ओलीले भने हरेक सार्वजानिक कार्यक्रमहरुमा सरकार सफल भएको दावी गर्दै आइरहेका छन । निर्वाचनमा तत्कालिन माओवादी र एमालेविच वाम गठबन्धनको चुनावी घोषणापत्रलाई दाँजेर हेर्दा पनि दुई वर्षमा भएका कामहरु त्यति उत्साहजनक देखिँदैनन । गठबन्धनले महत्वाकांक्षी घोषणापत्र सार्वजनिक गरेपनि त्यो घोषणापत्रमै सिमित भएको दावी गर्नुहुन्छ अर्का राजनीतिक विश्लेषक पुरन्जन आचार्य ।
समग्रमा हेर्ने हो भने पनि सरकारले ल्याएका ठुला परियोजनाका कामहरुको प्रगती, सरकारले ल्याएका विभिन्न विधेयकहरु समेत चर्को विवादमा परे । मुलुकको अर्थतन्त्र,मुलुकको शान्ति सुरक्षाको अवस्थालाई लिएर पनि संसद र सडक दुवै ठाउंमा उत्तिकै आवाज उठ्दै आएको छ । जसले विगतको तुलनामा वर्तमान सरकारको २ बर्षे कार्यकाललाई विश्लेषण गर्दा त्यति सन्तुष्ट हुने ठाउं नरहेको विश्लेषकहरुले विश्लेषण गरेका छन ।








