असार ३,२०८३ / ०२ : २० पूर्वान्ह / 2026-06-17 02:20 am
      • param ad
      • furniture
      • veera Incorporation

      प्रधानमन्त्री ओली पहिलोपटक ‘जनयुद्ध’ दिवसमा

      - ६ वर्ष अगाडि
      माघ २९,२०७६

      काठमाडौं, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक जनयुद्ध दिवसमा सहभागी हुनुहुने भएको छ। नेकपाले मनाउन लागेको जनआन्दोलन तथा जनयुद्ध दिवसमा उहाँ सहभागी हुनुहुने भएको हो। पार्टी एकीकरण भएको पहिलो वर्ष नै सहभागी हुने भए पनि अन्तिम समयमा आएर उहाँ कार्यक्रममा जानुभएको थिएन।

      तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गतेबाट सशस्त्र जनयुद्ध सुरु गरेको दिनलाई ‘जनयुद्ध दिवस’ का रुपमा मनाइदैँ आएको थियो। तर एकीकरणलगत्तै सो पार्टीले उक्त दिनलाई जनयुद्धसँगै जनआन्दोलन दिवसका रुपमा मनाउने निर्णय गरेको हो।

      पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजना हुने उक्त कार्यक्रममा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनुहुने भएको छ। जनयुद्ध दिवस धुम्बाराहीमा मनाउने निर्णय यसअघि नै पार्टीले गरिसकेको छ।

      अध्यक्षद्वयबीच ओली र प्रचण्डबीच मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटवार्तामा जनयुद्ध तथा जनआन्दोलन दिवस मनाउने, पार्टीको सचिवालय बैठक बोलाउने र एकताको बाँकी काम टुंगो लगाउने विषयमा छलफल भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिनुभयो।

      यही माघ १५ देखि १९ गतेसम्म बसेको केन्द्रीय बैठकले १५ दिनभित्र एकताको बाँकी काम सम्पन्न गर्ने निर्णय गरेको थियो।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d