असार ३,२०८३ / ०२ : २० पूर्वान्ह / 2026-06-17 02:20 am
      • param ad
      • furniture
      • veera Incorporation

      पार्टीमा शक्ति सञ्चयको लागि प्रधानमन्त्री ओलीको सक्रियता

      - ६ वर्ष अगाडि
      माघ २८,२०७६

      काठमाडौं,  प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी्भित्र शक्ति सञ्चयको लागि आफूलाई सक्रिय बनाएका छन् । काठमाडौंमा हालै सम्पन्न भएको पार्टीको दोस्रो पूर्ण केन्द्रिय कार्यसमिति बैठकमा ओली अल्पमतमा परेका थिए । पार्टीका उपाध्यक्ष वामदेव गौतमको निवासमा भएको भेलाका कारण ओली कमजोर बनेका थिए । सचिवालय, स्थायी कमिटी, संसदीय दल र केन्द्रिय कमिटी सबैमा ओली अल्पमतमा परेको कुरा मिडियामा समेत चर्चा भएको थियो ।

      हुन त सार्वजनिक कार्यक्रममार्फत प्रधानमन्त्री ओलीले मिडियामा नभएका कुरा आउन थालेको भन्दै पार्टी्भित्र कुनै गुट तथा उपगुट नभएको जिकिर गरेका थिए । उनले यो समूहको यति, अर्को समूहको उति भनेर मिडियाले प्रक्षेपण गरेको भन्दै नेकपा एकढिक्का भएको जवाफ फर्काएका थिए । मिर्गौला डायलासिसको कारण पछिल्लो दुई दिन प्रधानमन्त्री ओली बालुवाटारमै आराम गरिरहेको कुरा बाहिर आएका छन् । उनको स्वास्थ्य अवस्थाका कारण नै नेकपा सचिवालयको बैठक स्थगित् भएको थियो ।

      नेकपा स्रोतका अनुसार प्रधानमन्त्री ओलीले बालुवाटारमा आफ्नो समूहका नेताहरुसँग गोप्य छलफल समेत गरेका छन् । उक्त छलफलमा प्रधानमन्त्री ओलीका विश्वासपात्र समेत रहेका महासचिव विष्णु प्रसाद पौडेल, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल रपरराष्ट्र मामिलाका सल्लाहकार डा राजन भट्टराईलगायत सहभागी छन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d