काठमाडौं, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। बैठक दिउँसो २ बजे बोलाइएको छ। बैठकमा महाधिवेशन तयारीका विषयमा छलफल हुने कांग्रेसले जनाएको छ। यस्तै, बैठकमा नियमावली संशोधन र विधान परिमार्जनबारे पनि छलफल हुने बताइएको छ।
कांग्रेसले महाधिवेशन तयारीका लागि जिल्ला अधिवेशन गराउन विधान परिमार्जन गर्न लागेको हो। बैठकमा ललिता निवास जग्गा प्रकरणमा पार्टी उपसभापति विजयकुमार गच्छदारलाई राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाइएको भन्दै अवरुद्ध संसद खुलाउने विषयमा पनि छलफल हुने बताइएको छ।








