असार ३,२०८३ / ०२ : ३० पूर्वान्ह / 2026-06-17 02:30 am
      • param ad
      • furniture
      • veera Incorporation

      ललिता निवास जग्गा प्रकरणमा पूर्वाग्रही बनेकाे भन्दै कांग्रेस भातृ संस्थाकाे विराेध

      - ६ वर्ष अगाडि
      माघ २६,२०७६

      काठमाडाैं, नेपाली कांग्रेसका भातृ संगठनहरु ललिता निवास जग्गा प्रकरणमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेतालाई उनमुक्ती दिएकाे र अन्यलाई राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा चलाएकाे भन्दै विराेधमा उत्रिएका छन्। 

      उनीहरुले विराेधस्वरुप आज माइतीघरमा प्रदर्शन गर्ने भएका छन्। नेपाल तरुण दलकाे संयाेजन र कांग्रेसका सबै भातृ संस्थाकाे आयाेजनामा बिहान ११ बजे विराेध प्रदर्शन हुन लागेकाे हाे।

      यसैगरी देशैभरका जिल्ला सदरमुकाममा पनि विराेध प्रदर्शनकाे कार्यक्रम रहेकाे उनीहरुले बताएका छन्। ललिता निवास जग्गा प्रकरणमा अनियमितता गर्ने सबैलाई कारबाही गर्नुपर्ने माग राख्दै शनिबार विवेकशील नेपाली दलले पनि विराेध प्रदर्शन गरेकाे थियाे।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d