असार ३,२०८३ / ०१ : १० पूर्वान्ह / 2026-06-17 01:10 am
      • param ad
      • furniture
      • veera Incorporation

      ११ बुँदे प्रस्ताव पारित गर्दै नेकपा केन्द्रीय कमिटी बैठक सम्पन्न

      - ६ वर्ष अगाडि
      माघ २०,२०७६

      सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक समापन भएको छ । समसामयिक विषयमा विभिन्न ११ बुँदे प्रस्ताव पारित गर्दै केन्द्रीय कमिटीको दोस्रो बैठक आइतबार समापन भएको हो ।

      बैठकमा महासचिव विष्णु पौडेलले सुनाएका प्रस्ताव सर्वसम्मत पारित भएसँगै अध्यक्ष ओलीले समापन मन्त्वय व्यक्त गरेका थिए । बैठकले भारतले एकतर्फी जारी गरेको नक्सा अश्वीकार गर्ने निर्णय गरेको छ ।

      ‘ऐतिहासिक नक्सा, प्रमाण र दस्तावेजहरुका आधारमा ती भूभागहरु एवं सुस्ता क्षेत्र नेपालका अभिन्न अंग हुन् भन्ने कुरामा हाम्रो पार्टी स्पष्ट छ’, केन्द्रीय समितिबाट पारित प्रस्तावमा भनिएको छ, ‘नेपाल र भारतका परराष्ट्र सचिवहरुको संयन्त्रबाट समस्याको समाधान गर्नेपूर्व सहमति विपरित गरिएको एकपक्षीय निर्णय नेपालका लागि मान्य नहुने स्पष्ट पार्न चाहन्छ ।’

      बैठकले राष्ट्रिय सहमतिलाई थप सुदृढ बनाउँदै समस्याको समाधान कुटनीतिक एवं राजनीतिक माध्यामबाट गर्न सरकारलाई आह्वान पनि गरेको छ ।बैठकले पार्टीको केन्द्रीय कार्यालय भवन बल्खुस्थित आफ्नै जमिनमा बनाउने केन्द्रीय सचिवालयको निर्णयलाई स्वागत गरेको छ ।

      आगामी तीन महिनाभित्र पार्टीको केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्ने निर्णय बैठकले गरेको छ । भवन बनाउनका लागि पार्टीका सम्पूर्ण सदस्यहरुको न्यूनतम एकदिनको तलव वा आम्दानी बराबरको सहयोग गर्न पनि बैठकले अपिल गरेको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d