असार ३,२०८३ / ०१ : ०७ पूर्वान्ह / 2026-06-17 01:07 am
      • param ad
      • furniture
      • veera Incorporation

      आजको दिनलाई ज्ञानेन्द्र शाहले ‘राजनीतिक कू’ गरेको कालो दिनको रुपमा स्मरण गरिँदै

      - ६ वर्ष अगाडि
      माघ १९,२०७६

      आज माघ १९ । आजको दिनलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘राजनीतिक कू’ गरेको कालो दिनको रुपमा स्मरण गरिँदैछ।  योे दिनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा कालो दिनको रुपमा लिने गरिन्छ ।

      पूर्वराजा शाहले २०६१ साल माघ १९ गते प्रतिनिधिसभा विघटन गरी शाही सम्बोधनमार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिएका थिए । शाह आफैंले नियुक्त गरेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल गठन गरेका थिए।

      दरबार हत्याकाण्डलगत्तै राजा बनेका ज्ञानेन्द्र शाहले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइनसमेत बन्द गराएका थिए।

      रेडियोमा समाचार रोक लगाउँदै सञ्चार गृहहरुमा तत्कालीन सरकारले सेना परिचालन गराइएको थियो। शाही कदमपछि जनयुद्ध गरिरहेको तत्कालीन विद्रोही माओवादी र संसदवादी दलहरु एकजुट भई राजतन्त्रविरुद्ध आन्दोलनमा होमिएका थिए।

      फलस्वरुप २०६२/०६३ को दोस्रो जनआन्दोलनको बलमा राजसंस्थाको अन्त्य भई मुलुकमा गणतन्त्र स्थापना भयो। त्यसपछि संविधानसभामार्फत संविधान बनाएर देश संघीय संरचना कार्यान्वयनतर्फ अघि बढिरहेको छ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d