असार ३,२०८३ / ०१ : १० पूर्वान्ह / 2026-06-17 01:10 am
      • param ad
      • furniture
      • veera Incorporation

      राष्ट्रियसभाका १८ सिटमा नेकपाको बर्चस्व, १६ नेकपा, २ राजपा, कांग्रेस र समाजबादीशुन्य

      - ६ वर्ष अगाडि
      माघ १०,२०७६

      काठमाडौ, राष्ट्रियसभाका १८ सिटका लागि सातवटै प्रदेशमा  मतदान सकिएको छ । प्रदेशगत रुपमा सम्बन्धित प्रदेशको प्रदेशशभा, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपध्यक्षहरु मतदान गरेका हुन् । 

      उनीहरुको  मतबाट राष्ट्रियसभा सदस्य चुनिनेछन् । प्रदेश १ मा विराटनगर महानगरपालिकाको बीरेन्द्र सभागृह, प्रदेश २ मा जनकपुर उपमहानगरपालिकाको महेन्द्रनारायण निधि स्मृति भवन र बागमति प्रदेशमा ललितपुर महानगरपालिका ४ को वडा समिति भवनमा मतदान भयो । 

      त्यस्तै, गण्डकी प्रदेशमा पोखरास्थित जिल्ला निर्वाचन कार्यालयल परिसर, प्रदेश ५ मा दाङ घोराहिस्थित कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशमा जिल्ला निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशमा दिपायलस्थित सिलगढी नगरपालिकाको पद्यम पब्लिक मुक्ति नारायण उच्च माविमा मतदान सम्पन्न भएको हो । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d