असार ३,२०८३ / ०१ : ०९ पूर्वान्ह / 2026-06-17 01:09 am
      • param ad
      • furniture
      • veera Incorporation

      परराष्ट्र नीति प्रभावकारी नहुँदा समस्या नै समस्यामा नेपाल

      - ६ वर्ष अगाडि
      माघ ९,२०७६

      काठमाडौ, नेपाल सरकारले परराष्ट्र नीति प्रभावकारी बनाउन नसक्दा एकपछि अर्को गर्दै विभिन्न बहानामा हस्तक्षेप हुने गरेको छ । विकास निर्माणमा सहयोग गर्ने नाममा होस वा राजनीतिक सहकार्य । छिमेकी र मित्रराष्ट्रहरुले नेपालमा विभन्न गतिविधि गर्ने गरेका छन् । नेपालमा दुई छिमेकी देश भारत र चीन अनि मित्रराष्ट्र अमेरिकाको बढि सक्रियता देखिने गरेको छ ।

      नेपाल र भारतबीचको सम्बन्ध जति निकट छ त्यति नै विवादित पनि छ । खुला सिमाना भएकाले  दुई देशीचमा पटक पटक समस्या देखिने गरेको छ । कुटनीतिक र राजनीतिक सम्बन्धमा पनि उतारचढाब आउने गरेको छ । अर्को छिमेकी देश चिनसँगको सम्बन्ध भारतको जस्तो उतारचढाबपूर्ण छैन । तर नेपालमा चिनको सक्रियतामा भने कुनै कमि छैन । विकासमा सहयोगका लागि जुनसुकै देशसँगको  कुटनीतिक सम्बन्ध राम्रो हुनुपर्छ । चिनसँगको सम्बन्ध सन्तुलित जस्तो देखिए पनि नेपालको परराष्ट्र नीति कमजोर हुँदा समस्या देखिने गरेको छ । छिमेमी नभए पनि मित्र राष्ट्रहरुमध्ये नजिकको मानिने अमेरिकाले पनि आफ्नो परराष्ट्र नीतिमा नेपाललाई प्राथमिकता दिने गरेको पाइन्छ । 

      नेपाल सानो र आर्थिक हिसाबले धेरै तल भए पनि अमेरिकाले नजिकबाट नियालिरहेको देशमा पर्छ । भारतसँगको सम्बन्धमा सिमा विवाद र राजनीतिक हस्तक्षेप मुख्य कारण हुने गरेको छ भने चिनले नदेखिने गरी हस्तक्षेप गर्ने गरेको कतिपयको टिप्पणी छ । अमेरिकाले भने पछिल्लो समय अमेरिकी मिलेनियमा च्यालेन्ज कर्पोरेशन एमसीसी नेपालमा भित्र्याउन खोज्नुलाई ठूलै रणनीतिक योजनाको रुपमा हेरिएको छ । नेपाल तुलनात्मक रुपमा कमजोर छ भन्दैमा कुनै पनि देशले गर्ने अनावश्यक हस्तक्षेप स्वीकार गर्न सकिदैन । तर नेपाल सरकारको कुटनीतिक परिपक्वना नदेखिएको परराष्ट्रविद्हरु बताउँछन् । पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले अमेरीकि प्रस्ताव र चीन भारतको सम्बन्धले नेपालको राजीति विभाजित देखिनु घातक हुन सक्ने बताएका छन् । 

      संसारका हरेक मुलुक सानो र कमजोर होस् वा ठूलो र शक्तिशाली – उसले अर्को मुलुकको व्यवहारलाई अनुकूल वा प्रतिकूल हुने गरी असर पुर्र्याइरहेको हुन्छ । आफ्ना लागि अनुकूल हुने व्यवहारलाई सुरक्षित र स्थिर राख्नु, विस्तार गर्नु र प्रतिकूल व्यवहारको अन्त्य गर्नु सरकारको नीति हुनुपर्छ । तर नेपालको परराष्ट्र नीति, आधिकारिक धारणा र अडानहरुमा पटक पटक प्रश्न उठ्ने गरेको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d