असार ३,२०८३ / ०१ : ०९ पूर्वान्ह / 2026-06-17 01:09 am
      • param ad
      • furniture
      • veera Incorporation

      नेकपाको प्रस्तावित सभामुख अग्नि सापकोटा

      - ६ वर्ष अगाडि
      माघ ६,२०७६

       काठमाडौं, सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले नेता अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार भएको सहमतिअनुसार उहाँलाई सभामुख बनाउने निर्णय गरिएको हो।

      प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले पुष्टि गर्नुभयो।

      बैठकले उपसभामुखबाट डा. शिवमाया तुम्बाहाम्फेलाई पुनः राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको उहाँले बताउनुभयो। आइतबार बिहान सहमति भएलगत्तै अध्यक्षद्वयले तुम्बाहाम्फेलाई राजीनामा दिन पुनः आग्रह गरे पनि उहाँले राजीनामा नदिने अडान लिएको एक सचिवालय सदस्यले बताए।

      संसद् सचिवालयकी एक कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महरा गत असोजमा जेल परेपछि खाली सभामुखको भूमिका उपसभामुख तुम्बाहाम्फेले निभाउँदै आउनुभएको छ।

      कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी एकताको सन्देश प्रवाह गर्न शुरूदेखि नै पूर्वमाओवादीबाटै सभामुख हुनुपर्ने अडान राख्दै आउनुभएको थियो।

      यद्यपि नेकपाले सभामुखको टुंगो लगाए पनि निर्वाचन प्रक्रिया अगाडि बढाउन उपसभामुख तुम्बाहाम्फेले नै राजीनामा दिनुपर्ने हुन्छ। उहाँले राजीनामा दिनुभएन भने अझै प्रक्रिया अघि बढ्न गाह्रो छ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d