वैशाख ७,२०८१ / ०४ : ०२ पूर्वान्ह / 2024-04-19 04:02 am
      • param ad
      • furniture
      • veera Incorporation

      प्रधानमन्त्री ओली ज्ञानेन्द्र बन्न खोजेको देउवाको आरोप

      - ४ वर्ष अगाडि
      मंसिर १०,२०७६

      काठमाडौ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालले संवैधानिक परिषद्लाई अध्यादेश मार्फत परिवर्तन गर्न खोजे आफूहरुलाई मान्य नहुने बताउनु भएको छ । 

      विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै सभापति देउवाले ४८ साल देखिको संवैधानिक परिषद्लाई परिवर्तन गर्न खोजेको भन्दै आपत्ती जनाउनु भएको छ । सभापति देउवाले तत्कालिन राजा ज्ञानेन्द्रले अख्तियार दुरुपयोगलाई शाही आयोग बनाएजस्तोे संवैधानिक परिषद्लाई किन परिवर्तन गर्नुप¥यो भन्दै सरकारलाई प्रश्न गर्नु भएको थियो । 

      सभापति देउवाले अहिलेको सरकारले जनमुखी कार्य नगरेको भन्दै जनतामाथी कर थुपार्ने काम गरेको आरोप लगाउनु भयो । सभापति देउवाले सरकारले कर बढाएको, उपभोक्ता समितिको नाममा भ्रष्टाचार गरेको र निर्मला पन्तको हत्यारा खोज्न नसकेको भन्दै सरकारको आलोचना गर्नु भयो । अर्को एक प्रसंगमा सभापति देउवाले भारतले नयाँ नक्सा जारी गर्दा पाकिस्तान र नेपाललाई एउटै ठाउँमा राखेको आरोप लगाउनु भएको छ । सभापति देउवाले भारत आफैंले विवादास्पद भन्दै आएको नेपालको कालापानी र सुस्ताको भूभागलाई नयाँ नक्सामा समावेश गर्नुले पाकिस्तान र नेपाललाई एउटै ठाउँमा राख्न खोजेको आरोप लगाउनु भयो ।

        सम्बन्धित समाचारहरु