कार्तिक ३०,२०७६ / ०३ : ३४ पूर्वान्ह / 2019-11-16 03:34 am

        उम्मेदवार तय गर्न कांग्रेसको पदाधिकारी बैठकमा तीब्र विवाद

        - एक हप्ता अगाडि
        कार्तिक १५,२०७६

        काठमाडौं, आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि साना–ठुला सवै दल तयारी जुटेका छन । यसैविच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पनि आफ्नो आन्तरिक तयारीमा जुटेको छ । 

        आगामी मंसिर १४ गते सैतीस जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि उपनिर्वाचन हुँदैछ । 

        जसको लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आफ्नो तर्फबाट केही ठाउंको उम्मेदवारीको नाम टुंगो लगाएको छ भने केही अझै बांकी छ । मुख्य गरी उपमहानगर, प्रदेशसभा र प्रतिनिधिसभाका उम्मेदवारहरुको टुंगो कांग्रेसको केन्द्रीय कार्यसमितिले लगाउने छ । यसका लागि आज सभापति शेरबहादुर देउवा निवासमा लामो छलफल भएपनि अन्नत नेताहरुका आ–आफ्नै अडानका कारण उम्मेदवारको नाम टुंगो लाग्न नसकेको हो । शुक्रबार केन्द्रिय समितिको बैठकमा यसबारे छलफल भएपछि मात्रै १७ गते पुन पदाधिकारी बैठक बसेर टुंगो लगाउने तयारी भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

        विहान ९ बजेबाट सुरु भएको पदाधिकारीे बैठकमा सभापति देउवा र बरिष्ठ नेता पौडेलविच निकै रस्साकस्सी भएपछि बैठक विनाष्किर्ष सकिएको हो । बैठकले कास्की–२ का लागि प्रतिनिधिसभाका उम्मेदवार, भक्तपुर, बाग्लुङ र दाङका तीनवटै प्रदेशसभाका उम्मेदवार टुंगो लगाउने सभापति देउवाको तयारी थियो । कास्की जिल्ला कार्यसमितिले उपनिर्वाचनको लागि जिल्लाबाट १६ जनाको नाम केन्द्रमा पठाइसकेको छ । 

        उता धरान उपमहानगरपालिकाको मेयरमा तिलक राइलाई उम्मेदवारी बनाउने निर्णय गर्दै अनुमोदनको लागि केन्द्रमा पठाइएको छ । त्यस्तै बाग्लुङमा केन्द्रले ३ जनाको नाम सिफारिस गर्न पठाए पनि ४ जनाको नाम सिफारिस गरेको छ । त्यस्तै चितवनको भरतपुर महानगरपालिका १६ को वडा अध्यक्षमा अमृत हमाल, खेरहनी नगरपालिका वडा ४ का वडा अध्यक्षमा देवबहादुर बस्नेत र वडा ५ का अध्यक्षका लागि प्रतिमा कार्कीलाई उम्मेदवार बनाएको छ । बैतडी, पांचथर, दांङ लगायतका ठाउंहरुमा पनि उम्मेदवार तोक्न बांकी छ । केन्द्रबाट कम्तीमा ३ जनाको नाम सिफारिस गर्न भनिए पनि १६ जना सम्मको नाम सिफारिस गरिएको छ । 

          सम्बन्धित समाचारहरु