मंसिर ४,२०७६ / ०६ : २१ पूर्वान्ह / 2019-11-20 06:21 am

        कांग्रेस आन्तरिक रडाकोमा, देउवा पक्ष र पौडेल पक्षका नेताहरुविच मतभेद

        - ३ हप्ता अगाडि
        कार्तिक ७,२०७६

        काठमाडौं, पार्टीको विभिन्न विभागहरु गठनबारे छलफल गर्न आज बोलाइएको नेपाली कांग्रेस केन्द्रिय समितिको बैठक बस्दैन बसी स्थगित भएको छ । 

        पार्टी केन्द्रिय कार्यलय सानेपामा दिउंसो २ बजेको लागि बोलाइएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा पक्ष र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुविच विभाग गठनमा मतभेद देखिएपछि बैठक बस्दै नबसी स्थगित भएको हो । अर्को बैठक कात्तिक १४ गतेको लागि बोलाइएको छ ।

         कांग्रेस पार्टीभित्र विभिन्न २८ वटा विभाग छन । महाधिवेशन भएको २ महिनाभित्र ती विभागहरु गठन हुनुपर्ने भएपनि नेताहरुको भागबन्डा नमिल्दा अहिलेसम्म गठन हुन सकेको छैन । आजको बैठकमा पार्टी सभापति देउवाले २८ वटा विभागलाई बढाएर ४२ वटा बनाउने प्रस्ताव राखेपछि बरिष्ठ नेता पौडेल पक्षधर पार्टी कार्यलय पुगेपनि बैठकमा सहभागी नै नभएपछि बैठक स्थगित भएको हो । 

        आजको बैठकमा भातृसंगठन नेपाल विद्यार्थी संघको तर्दथ समिति बनाउने, उपनिर्वाचनको लागि जिल्लाबाट आएका उम्मेदवारहरुको नाम टुंगो लगाउने समेत कार्यतालिका भएपनि ती सवै एजेण्डा प्रभावित भएको छ । बैठकको लागि नेताहरु समयमै पुगेपनि यही भदभेदकै कारण दुवै पक्ष आ–आफ्नै कोठामा आफु पक्षधरका नेताहरु संग कोठे बैठक गरेका थिए । 

          सम्बन्धित समाचारहरु