मंसिर ४,२०७६ / ०६ : १९ पूर्वान्ह / 2019-11-20 06:19 am

        उम्मेदवारहरूको छनोटका लागि काँंग्रेस केन्द्रीय कार्य समितिको बैठक आज

        - ३ हप्ता अगाडि
        कार्तिक ७,२०७६

        काठमाडौँ , नेपाली काँंग्रेस केन्द्रीय कार्य समितिको आज बस्ने भएको छ । बैठकले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको छनोटका लागि प्रक्रिया सुरु गर्ने भएको छ । स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य गरी कुल ५२ स्थानका लागि उपनिर्वाचन हुँदैछ ।

        नेपाली काँग्रेसका सहायक महामन्त्री डा. प्रकाशशरण महतले बैठकले तिहार अघि नै उम्मेदवारको टुङ्गो लगाइसक्ने बताए । केही जिल्लाबाट एकल उम्मेदवारको नाम आए पनि कतिपय जिल्लाबाट धेरै उम्मेदवारको नाम आएको डा.महतले जानकारी दिए ।  । प्रतिनिधि सभा सदस्यका लागि कास्की क्षेत्र नं. २ का लागि १६ जनाभन्दा बढी उम्मेदवारको नाम केन्द्रमा आएको छ ।

        काँग्रेसका मुख्य सचिव पौडेलका अनुसार धरान उपमहानगरपालिकाका लागि तिलक राईको एक मात्र नाम सिफारिस भएको छ । यस्तै पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदमा पनि एकल उम्मेदवारको नाम सिफारिस भएको छ ।

          सम्बन्धित समाचारहरु