असार २,२०८३ / ११ : ५५ अपरान्ह / 2026-06-16 11:55 pm
      • param ad
      • furniture
      • veera Incorporation

      षडयन्त्र परास्त गर्न एकजुट हुनुपर्नेमा कांग्रेस सभापति देउवाको जोड

      - ६ वर्ष अगाडि
      असोज १,२०७६

      काठमाडौ, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यथास्थितिमा नागरिकता विधेयकसम्बन्धि पारित हुन नदिन पार्टीका सांसदहरुलाई कडा निर्देशन दिनु भएको छ । 

      पार्टी संसदीय दलका नेता समेत रहनु भएका देउवाले संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा विचाराधिन नागरिकतासम्बन्धि विधेयक सरकारले बहुमतको आडमा पारित गर्न खोजेको उल्लेख गर्दै सो विधेयकलाई पारित हुन नदिन पार्टीका सांसदहरुलाई निर्देशन दिनु भएको हो ।

       बुधबार सिंहदरबारमा पार्टी संसदीय दलको बैठक बोलाई सो विधेयक पार्टीको अडान अनुसार संशोधन नगरी पारित हुन नदिनसांसदहरुलाई सभापति देउवाले निर्देशन दिनु भएको पार्टीका राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले जानकारी दिनु भयो । 

      राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधिन नागरिकतासम्बन्धि विधेयकमा नेपाली काँग्रेसका सांसदहरुले फरक मत राखि अघि बढन दिएका छैनन । सो विधेयकमा नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिला र नेपाली महिलासँग विवाह गरेर नेपाल बस्न चाहेका विदेशी पुरुषलाई पनि तत्काल वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने नेपाली काँग्रेसको फरक मत छ ।

       सभापति देउवाले पार्टीको सोही अडान नछाडन समितिमा रहेका पार्टीका सांसदहरुलाई सचेत पनि गराउनु भयो । बैठकमा सभापति देउवाले सरकारले भूमिसम्बन्धि विधेयक पनि संसदबाट जब्बरजस्ती पारित गरेको भन्दै आपत्ति जनाउनु भएको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d