असार २,२०८३ / ११ : ५८ अपरान्ह / 2026-06-16 11:58 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नेकपाको एकता अझै अधुरो

      - ६ वर्ष अगाडि
      भाद्र ३१,२०७६

      दुई ठूला दल मिलेर बनेको नेकपा सहज अवस्थामा छैन । शीर्ष तहबाट सुरु भएको एकता तल्लो तहसम्म पूरा हुन सकेको छैन । जसले गर्दा समस्यै समस्याको चंगुलमा छ यो दल । सरकार संचालन पनि सन्तोषजनक छैन । मंसिरमा हुने उपनिर्वाचनको तयारी पनि गर्नु नै छ ।

      सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा पार्टी एकताको डेढ वर्ष पुग्न लाग्दा पनि एकताका सबै काम सकिएको छैन । प्राविधिक हिसाबले पार्टी एकता टुङ्गिए पनि नेकपा नेता–कार्यकर्ताको मन अझै पूरै मिलेको छैन । नेकपामा गुटबन्दीको रोग पनि बल्झिँदै गएको छ । सरकारको कामकारवाही बारे आलोचना घट्नुको साटो, दिन दुइगुना, रात चौगुनाले बढ्दै गएको छ । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट स्वदेश फर्केलगतै एकताको बांकी काम टुङ्ग्याउने अपेक्षा गरिएको थियो । तर एकता प्रक्रियामा खासै प्रगति भएको छैन । पछिल्लो पटक भदौ २५ गते सचिवालय बैठक बसेको थियो । तर उक्त बैठक नाम मात्रैको रह्यो । न स्थायी कमिटि बैठक बसेको छ, न केन्द्रिय समिति नै । नेताहरु नेतृत्वप्रति रुष्ट बन्दै गएका छन् । पार्टीभित्र आफ्ना भनाईसमेत राख्न नपाएकोमा नेता भीम रावलले आक्रोष व्यक्त गरेका छन । एक व्यक्ति एक पद गर्ने भनि गरिएको निर्णय पालना नभएको भन्दै रावलले नेतृत्वको ध्यानाकर्षणसमेत गराएका छन  । अध्यक्ष पनि प्रधानमन्त्री पनि केपी ओली नै हुँदा पार्टीको काम प्रभावकारी बन्न नसेकेको रावलको तर्क छ । 

      प्रधानमन्त्री ओली पछिल्लो समय अस्वस्थ भएर दुईपटकसम्म सिंगापुर उपचारमा गएर फर्किएपछि उहाँको सक्रियता पहिलाको भन्दा कम देखिएको छ । यहीबेला पार्टी र सरकारको नेतृत्व एकै व्यक्तिले गर्न उचित नहुने धारणाहरु आइरहेका छन् । 

      यसअघि एकीकरण भएका पार्टीका विभिन्नसंघ संगठनहरुमा समेत नेतृत्वको विषयलाई लिएर नेताहरुले असन्तुष्ट पोख्ने काम उत्तिकै छ । अर्कोतर्फ आगामी मंसिर १४ मा हुने उपनिर्वाचनको तयारीमा लाग्नुपर्ने भएका कारण पनि एकताको बांकी काम थप लम्बिने देखिएको छ । सरकारकै काम कारवार्ही प्रभावकारी नभएका कारण स्थानिय तहमा तथा विभिन्न संघसस्थाहरुको निर्वाचनमा समेत नेकपा पक्षधरको हार व्याहोर्नु परेको भन्दै नेकपाभित्र आन्तरिक घातप्रतिघातको बहस पनि हुने गरेको छ ।।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d