असार २,२०८३ / ११ : ५७ अपरान्ह / 2026-06-16 11:57 pm
      • param ad
      • furniture
      • veera Incorporation

      बाँके घटनाबारे सरकारले चित्तबुझ्दो जवाफ नदिएको कांग्रेसको आरोप

      - ६ वर्ष अगाडि
      भाद्र ३०,२०७६

      काठमाडौ, राष्ट्रिय जागरण कार्यक्रम विथोल्ने गरि राज्यसंयन्त्रको निर्देशनमा बाँंकेमा कांग्रेस कार्याकर्तामाथि आक्रमण गरिएको आरोप प्रतिपक्षी कांग्रेसले लगाएको छ । 

      भदौ २६ गते बाँकेको खजुरा गाउपालिका वडा नम्बर १ स्थित सितापुरमा नेपाली कांग्रेसले गरेको राष्ट्रिय जागरण सभामा सत्तारुढ दलका कार्यकर्ताले अंरिगालको जसरी प्रवेश गरि कार्यक्रम विथोल्नुको साथै जिल्ला सभापति किरण कोइराला र केन्द्रीय प्रतिनिधिमाथि आक्रमण गरेको कांग्रेसको दावी छ । 

      खजुरा गाउपालिका वडा नम्बर १ मा हेमन्त थापा, लोकबहादुर शाही लगायत ६ जनाको समुहले कांग्रेसको जागरण अभियानमा प्रवेश गरी बाँके जिल्ला सभापति किरण कोइरालामाथि आक्रण गरेका थिए । कोइरालाको हात भाँचिएको थियो भने केही घाइते भएका थिए । यससम्बन्धमा कांग्रेसले प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रामबहादुर थापासँग जवाफ मागेको थियो ।

       कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले दोश्रो चरणको राष्ट्रिय जागरण कार्यक्रम विथोल्ने गरि राज्यसंयन्त्रको निर्देशनमा बाँंके घटना गराईएको आरोप लगाउनुभएको थियो । जवाफमा गृहमन्त्री थापाले घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । बाँके घटनालाई सरकारले गम्भीर रुपमा लिएको उल्लेख गर्दे दोषीलाई कारवाही हुने प्रतिवद्धता पनि जनाउनुभएको थियो । तर गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै कांग्रेस सांसदहरुले उभिएर विरोध गरे । 

      गृहमन्त्रीको जवाफमा प्रतिप्रश्न गर्दै सांसद दिलेन्द्र प्रसाद बडूले सत्तारुढ दलका वडा अध्यक्ष सुमन मल्लको घटनामा प्रमुख भुमिका रहेको दाबी गर्दै सरकारले नै घटनालाई राजनीतिकरण गरेको जिकिर गर्नुभयो यसअघि शनिवार काँग्रेसले बाँके घटनाका दोषीलाई  कडा कार्वाही गर्न सरकारसँग माग गर्दै काठमाडौंमा प्रर्दशन गरेको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d