असार २,२०८३ / ११ : ५८ अपरान्ह / 2026-06-16 11:58 pm
      • param ad
      • furniture
      • veera Incorporation

      उपचार गर्न गएका ओली आज स्वदेश फर्कदै

      - ६ वर्ष अगाडि
      भाद्र २०,२०७६

      काठमाडौं ,उपचार गर्न गएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदैछन् । उनका प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालले सिंगापुरबाट थाइल्याण्ड हुँदै अपराह्न थाई एयरवेजबाट प्रधानमन्त्री ओली स्वदेश फर्कने जानकारी दिएका छन ।

      स्वास्थ्य स्थिति बुझ्न भन्दै सिंगापुर गएका नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडल पनि प्रधानमन्त्री ओलीसँगै स्वदेश फर्कने कार्यक्रम छ । 

      मिर्गाैलासम्बन्धी एण्टिबडीको उपचारका लागि प्रधानमन्त्री ओली गत भदौ ५ गते सिंगापुर गएका थिए । नेशनल युनिभर्सिटी अस्पतालमा प्लाज्मा फेरिसिस प्रक्रियामार्फत उनको उपचार गरिएको थियो । सातौं चरणको प्लाज्मा फेरिसिस गत बुधबार सकिएपछि प्रधानमन्त्री स्वेदश फर्किन लागेका हुन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d