राष्ट्रिय जनता पार्टीले कस्मिरमा भारत र पाकिस्तानबीच उत्पन्न विवादबारे सरकारको स्पष्ट धारणा माग गरेको छ । सरकारको धारणा आएपछि अरू दललाई पनि धारणा बनाउन सजिलो हुने भन्दै राजपाले संसद् बैठकमार्फत सरकारको धारणा माग गरेको हो ।
सोमबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै राजपा नेपालका नेता महेन्द्रराय यादवले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले कस्मिरको विषयमा नजिकबाट नियालेको बताए पनि त्यो कस्मिरबारे मुख खोल्न माग गरेका छन ।
नेपाल भारत प्रबुद्ध समूह (इपिजी)ले प्रतिवेदन तयार पारेर भारत र नेपालका प्रधानमन्त्रीलाई बुझाउने तर्खरमा छ । इपिजीले तयार पारेको प्रतिवेदन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न आनाकानी गरेको टिप्पणी भइरहँदा राजपाले भने इपिजी नयाँ गठन गर्नुपर्ने माग गरेको छ ।
नेपालको अधिकांश सीमाक्षेत्र मधेससँग जोडिएको भन्दै नेता यादवले इपिजीमा नेपालको तर्फबाट रहेका सदस्य एउटा पनि मधेसी मूलको नभएको भन्दै असन्तुष्टि जनाए ।
नेकपाकी सचेतक शान्ता चौधरीले सामाजिक सञ्जाल दुरुपयोग गर्नेको संख्या बढेको भन्दै नियमन, नियन्त्रण र कारबाही गर्नुपर्ने बताइन् ।








