असार २,२०८३ / ११ : ५८ अपरान्ह / 2026-06-16 11:58 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नेपालमा पहिलोपटक भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक

      - ६ वर्ष अगाडि
      भाद्र ९,२०७६

      काठमाडौ, सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियोमार्फत उतैबाट मन्त्रीपरिषद बैठक बोलाउनुभयो । नेपालमै पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बस्यो । बैठकले महत्वपूर्ण निर्णय भने नगरेको बताइएको छ । सिंहदरबारमा सोमबार पहिलो पटक भिडियो कन्फ्रेन्स मार्फत मन्त्रिपरिषद् बैठकको अभ्यास गरिएको हो । बैठकमा मन्त्रीहरुले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेका थिए । प्रधानमन्त्री ओलीले पनि धन्यवाद दिदै स्वास्थ्य उपचार सफलतापुर्वक र राम्रो ढंगले अघि बढेको जानकारी गराउनुभएको थियो । सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले भिडियो कन्फ्रेन्सको पहिलो प्रयास सफल भएको जानकारी दिनुभयो । बैठकमा मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयगत समस्या राखेको र ती समस्यामा प्रधानमन्त्रीले पनि आवश्यक निर्देशन दिएको प्रवक्ता बाँस्कोटाले जानकारी दिनुभयो । 

      भिडियो कन्फ्रेन्समार्फत गरिएको बैठकको भिडियो खिच्न भने दिइएन  । सरकारले प्रधानमन्त्री ओली सिंगापुर जानु अघि कार्यविधि संसोधन गरि भिडियो कन्फ्रेन्समार्फत पनि मन्त्रिपरिषद् बैठक बस्ने सक्ने व्यवस्था गरेको थियो । प्रधानमन्त्री ओलीले बैठकपछि ट्विट गर्दै टेलिप्रिजेन्समार्फत् मन्त्रिपरिषद बैठक बस्न सकेको उल्लेख गर्नुभएको छ । उहाँले प्रविधि र प्राविधिकलाईसमेत धन्यवाद दिनुभएको छ । यसअघि प्रधानमन्त्री ओलीले यसैगरी सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गर्नुभएको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d