नेपाल भारत संयुक्त आयोगको पाँचौ बैठक सफल भएको दुवै देशले जनाएका छन् । उच्चस्तरिय बैठकले दुई देशबीचको तिक्तताका मेट्ने प्रयास भएका छन् । बैठकमा विभिन्न सम्झौता गरेपनि सिमा नाकाका कारण देखिएका सुरक्षाका विषयभने उठाउन नसकेको भन्दै विज्ञहरुले चिन्ता प्रकट गरेका छन् ।
खुला सिमानाका कारण नक्कली नोटको कारोवार बढ्दो छ । आतंककारी क्रियाकलाप, लागू औषध ओसारपसार, चेलीवेटी बेचबिखन पनि हाम्रा समस्या हुन् । तराईमा बाढीको जोखिम व्याप्त छ । भारतिय नाकाहुदै तेस्रो मुलुकबाट सामान आयात गर्दा नेपाल समस्या भोग्नु परिरहेको छ । यो परिवेशमा बैठकमा नेपाल र भारतबीच दुईपक्षीय व्यापार सहज गर्न तथा सीमा क्षेत्रको मुद्दामा खासै ध्यान नपुगको टिप्पणी केही परराष्ट्रमामिलाका जानकारहरुको छ ।
बैठकमा भूकम्पपछिको पुनःनिर्माणका लागि भारत सरकारले दुई अर्ब ४५ करोड रुपैंया र हुलाकी राजमार्ग निर्माणका लागि १ अर्ब २९ करोड सहयोग गरेको छ । तर, राष्ट्र बैंकमा थुप्रिएर बसेको सात अर्बभन्दा बढीको भारु नोट साट्न भारत अझै तयार देखिदैन ।
नेपालको भूमि प्रयोग गरेर भारतमा आतंककारी गतिविधि हुने गरेकोमा भारत सशंकित छ । भारतले बनाउने भनिएको पञ्चेश्वर आयोजना अलपत्र छ । भारतसँग व्यापार घाटा बढ्दो छ । यस्ता पक्षमा नेपाल सशक्त ढंगले प्रस्तुत हुन सकेको देखिदैन । सन् १९९६ को व्यापार सम्झौताले निर्यातमा समस्या भएको अर्थविद् डा. चन्द्रमणि अधिकारी बताउछन ।
विज्ञहरुले यो बैठकेले दुवैदेशिबिचको तिक्तका मेटाउने प्रयासको रुपमा लिएका छन् । बैठकमा दुबै मुलुक व्यापार, पारवहन र रेल सेवाहरुसम्बन्धी सन्धि–सम्झौताहरु पुनरावलोकन गर्ने प्रारम्भिक निष्कर्षमा सहमती भएका छन् । दुबै मुलुकले स्थल, हवाई र जलमार्गको कनेक्टिभिटीलाई बढाउने प्रतिबद्धता पनि जनाएका छन् । जलस्रोत, पारवहन, वाणिज्य, शिक्षा, कृषि क्षेत्रमा भएको साझेदारीलाई पनि अघि बढाउने सहमति गरेको छ ।








