काठमाडौं , नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस. जयशंकर र राष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटवार्ता हुँदै छ । नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका जयशंकरले आज बिहान १० बजे राष्ट्रपतिलाई भेट्न लागेका हुन् । राष्ट्रपतीलाई भेट्नु अघी जयशंकरले पशुपतिनाथ मन्दिरमा पूजाआजा गरेका छन ।
बुधबार काठमाडौं आएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेर उनी नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी भएका थिए । बैठक होटल याक एण्ड यतीमा आज पनि जारी रहन्छ ।
नरेन्द्र मोदीको दोस्रो कार्यकालमा विदेशमन्त्री भएपछि पहिलोपटक नेपाल आएका जयशंकर आज दिउँसो ३ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ ।








