काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय बैठक आज पनि बस्दैछ । बुधबारको बैठकमा छलफल भएका र निर्णय हुन नसकेका विषयलाई आजको बैठकले निणार्यक बनाउने तयारी गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन ।
बुधबारको बैठकमा सांगठनिक एकताको बाँकी रहेका कामको बारेमा छलफल भएको थियो । बुधवारको बैठकमा ६ वटा महानगरपालिकाको अध्यक्ष तथा सचिव, प्रवास कमिटीको समायोजन लगायतका विषयमा छलफल भएको थियो तर समय अभावका कारण बैठक आज सम्मका लागि स्थगित गरिएको थियो ।
विभिन्न बिषयमा असन्तुस्ट रहेका नेता माधवकुमार नेपालले दर्ता गराएको असहमतिपत्रका विषयमा पार्टीमा कुनै छलफल नरहेको नेकपाले जनाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा असहमतिपत्रको बारेमा छलफल हुने बताइएको थियो तर त्यसको केही कुरा समेत भएन ।
नेता नेपालले विभिन्न समयमा पार्टीको बैठकले गरेका निर्णयप्रति मङ्गलबार बसेको सचिवालयको बैठकमा सात बुँदे असहमतिपत्र दर्ता गराएका छन् । उनले केही निर्णय सच्याउन माग पनि गरेका छन् ।








