असार ३,२०८३ / १२ : १७ पूर्वान्ह / 2026-06-17 12:17 am
      • param ad
      • furniture
      • veera Incorporation

      विप्लव समूहका जिल्ला इन्चार्जसहित पाँच जना पक्राउ

      - ६ वर्ष अगाडि
      भाद्र २,२०७६

      झापा, सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द समूहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

      आइतबार ताप्लेजुङ, पाँचथर जिल्ला इन्चार्जसहित पाँच जनालाई झापाको दमकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

      प्रहरिका अनुसार ताप्लेजुङ इन्चार्ज सागर लिम्बु, पाँचथर इन्चार्ज तथा मेची ब्यूरो सदस्य राजु दास, मेची ब्युरो सदस्य तथा ताप्लेजुङ जिल्ला सेक्रेटरी नरपति पौडेल, ताप्लेजुङ जिल्ला सदस्य योगेश लिम्बु र जनमुक्ति मोर्चाको केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) मेची, कोसी संयोजक गणेश कार्कीलाई पक्राउ गरिएको छ । 

      प्रदेश १ प्रहरी कार्यालय विराटनगर, प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकको संयुक्त टोलीले दमक नगरपालिका ६ को न्यु कञ्चन होटेलबाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d