संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजेका लागि बोलाईएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका साथै सरकारको काम र आफ्नो स्वास्थ्य अवस्थाको बारेमा बोल्नुहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्रीले ठीक ११ बजे संसद बैठक शुरुभए सँगै सम्बोधन गर्नेछन् ।
त्यस्तै प्रधानमन्त्रीले सम्बोधन गरेपछि सांसदले प्रश्न गर्न पाउने व्यवस्था भएकाले सोही अनुसार सांसद र प्रधानमन्त्रीबीच पश्नोत्तर पनि हुनसक्ने बुझिएको छ ।








