असार २,२०८३ / १० : ४७ अपरान्ह / 2026-06-16 10:47 pm
      • param ad
      • furniture
      • veera Incorporation

      कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्री पदमुक्त

      - ६ वर्ष अगाडि
      श्रावण ३१,२०७६

      काठमाडौं  , कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्री पदमुक्त भएका छन् । 

      कर्णाली प्रदेशका मुख्यमन्त्रीको फेसबुक पेजमार्फत मन्त्री खत्रीलाई पदमुक्त गरिएको जानकारी दिइएको हो । फेसबुक पेजमा लेखिएको छ, "माननीय मुख्यमन्त्रीज्यूले भौतिक पूर्वाधार विकास मन्त्री खडकबहादुर खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम पदमुक्त गरी उक्त मन्त्रालयको जिम्मेवारी आफैंले सम्हाल्ने निर्णय गर्नु भएको छ । उक्त निर्णय आजै प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई जानकारी दिनुभएको छ ।"

      यसअघि उच्च अदालत पाटनले खत्रीलाई पक्राउ गर्न आदेश दिएको थियो । मन्त्री खत्रीसहित पाँचजनाले एक करोड १० लाख ८० हजार रकमको फर्जी बैंक ग्यारेन्टी गरेको भन्दै दायर भएको रिटमा न्यायाधीश श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगाना सम्मिलित उच्च अदालत पाटनको वाणिज्य इजलासले तीन दिनभित्र पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश दिएका थिए ।

      ठेकेदार समेत रहेका मन्त्री खत्रीको आफ्नै निर्माण कम्पनी पनि रहेको छ । उनी ५५-५५ लाख रुपैयाँका दुई वटा ठेक्काको बैंक ग्यारेन्टी किर्ते बनाउँदा उनी साक्षी बसेका थिए । खत्री सुर्खेत १ (ख) बाट निर्वाचित भएका थिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d