असार २,२०८३ / १० : ४८ अपरान्ह / 2026-06-16 10:48 pm
      • param ad
      • furniture
      • veera Incorporation

      जिम्मेवारी नटुंगिँदै ओली प्रचन्ड विदेश भ्रमणमा

      - ६ वर्ष अगाडि
      श्रावण १४,२०७६

      काठमाडौं, प्रमुख विभागहरुको जिम्मेवारी टुंग्याउन अत्यन्तै कठिन् भइरहेको अवस्थामा नेकपाका अध्यक्षद्वय विदेश भ्रमणमा जाने भएका छन् ।

      पार्टिको बाँकी काम थाती राख्दै नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल विदेश भ्रमणमा जान लागेका हुन् ।

      प्रधानमन्त्री ओली साउन १८ गते सिंगापुर जाने कार्यक्रम तय भएको छ भने दाहाल भोलि नै युएईको दुबई जाँदै छन् ।

      स्वास्थ्यमा समस्या देखिएपछि आउँदो साउन १८ गते १० दिनका लागि प्रधानमन्त्री ओली सिंगापुर जान लागेको बुझिएको छ । 

      गत शुक्रबार पनि स्वास्थ्यमा केही समस्या देखिएपछी आर्मी अस्पताल छाउनीमा प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो । आर्मी अस्पतालमा उनको मिर्गौलाको वायोप्सी भएको र अहिले मुटुको गति ठीक नभएकाले थप उपचारका लागि चिकित्सकले प्रधानमन्त्रीलाई विदेश जान सल्लाह दिएको बुझिएको छ ।

      यता अर्का अध्यक्ष दाहाल पत्नी सीता दाहालको उपचारका लागि भोलि युएईको दुबई प्रस्थान गर्न लागेका हुन् । दाहाल दम्पतीसँगै पुत्री गंगा र नातिनी पनि जाँदै छन् ।

      पत्नी सीताको उपचारका लागि युएई जान लागेको भनिए पनि दाहालको यो विदेश भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ । दाहालको चार दिने युएई भ्रमणलाई निजी भ्रमण भनिएको छ ।

      विभागीय प्रमुखको जिम्मेवारीका विषयमा छलफल गर्न सोमबार दिउँसो बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालको विदेश भ्रमणबारे जानकारी गराइएको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d