असार २,२०८३ / ११ : ०७ अपरान्ह / 2026-06-16 11:07 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सामाजिक सञ्जालमा केही नलेख्न उपप्रधानमन्त्री पोखरेलको निर्देशन

      - ६ वर्ष अगाडि
      श्रावण ८,२०७६

      धरान,नेपाल कम्युनिस्ट पार्टी नेकपाका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेतृत्वको आलोचना गर्दै सामाजिक सञ्जालमा केही नलेख्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

      धरानमा अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै पोखरेलले पार्टीले देशको समग्र पाटोलाई परिवर्तन गर्ने भन्दै साना तिना कमिकमजोरीमा फेसबुकलगायतका सामाजिक सञ्जालमा पोखिनुपर्ने अवस्था नरहेको बताएका हुन । 

      पार्टी एकीकरणको प्रक्रिया र नेतृत्वले गर्न नसकेको कामको बारेमा सामाजिक सञ्जालमा टिक्का टिप्पणी गर्ने कार्यकर्ता प्रति रुष्ट देखिएका पोखरेलले पार्टीमा निरन्तर अपडेट नहुने कार्यकर्ता आउट हुने चेतावनी समेत दिएका छन ।

      उनले आम जनता र दुवै पार्टीका कार्यकर्ताको भावना अनुसार नै पार्टी एकता गरिएको बताएका छन । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d