असार २,२०८३ / १० : ४७ अपरान्ह / 2026-06-16 10:47 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नेकपाको सचिवालय बैठक भोली बस्ने

      - ६ वर्ष अगाडि
      श्रावण ८,२०७६

      काठमाडौं,नेताहरुको जिम्मेवारी बाँडफाँडका विषयमा छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक भोली बोलाइएको छ ।

      मंगलबारका लागि बोलाइएको बैठक आन्तरिक तयारी नपुगेको, गृहकार्य बाँकी रहेको भन्दै स्थगित गरिएको थियो । आइतबार बसेको बैठकले एकता प्रक्रिया टुंगो लगाएको थियो । कार्यविभाजनलाई अन्तिम रुपम दिन मंगलबारका लागि बोलाइएको बैठक भने गृहकार्य नपुगेका कारण स्थगित गर्नुपरेको नेकपाको सचिवालयले जनाएको छ । नेकपाको एकिकरण भएको १४ महिना बितिसक्दासमेत एकिकरणको सम्पूर्ण प्रकृया पुरा भईसकेको छैन । 

      बिहीबार बस्ने बैठकले विभिन्न ३२ वटा विभाग, तीन आयोग र एक सल्लाहकार समितिको जिम्मेवारी बाँडफाँड गरिने बुझिएको छ । उच्च  तहका नेताहरु जिम्मेवारी बाँडफाँडका विषयमा अहिले पनि आन्तरिक छलफलमा जुटेका छन् । कसलाई कुन जिम्मेवारी दिने भन्ने विषयमा अनौपचारिक छलफल जारी रहेको नेकपाले जनाएको छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d