काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले बीपी कोइरालाको ३७ औं स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली दिएका छन् ।
उनले सोमबार ट्विट गर्दै भनेका छन्,‘‘नेपालको प्रजातान्त्रिक आन्दोलनका शीर्ष व्यक्तित्व, प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा ख्यातिप्राप्त साहित्यकार बीपी कोइरालाको ३७ औं स्मृति दिवसका अवसरमा स्वर्गीय कोइरालाप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । समृद्ध नेपाल निर्माण अभियानमा अग्रसर हुन यस अवसरमा सबैलाई आह्वान गर्दछु । ’’
त्यस्तै राप्रपाका अध्यक्ष कमल थापाले पनि श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले आज बिहान ट्विट गर्दै भनेका छन्,‘‘आज बीपी कोइराला स्मृति दिवस । राष्ट्रियता र प्रजातन्त्र एक अर्काको परिपूरक हुन् । राजसंस्था र जनताको एकता नै नेपालको राष्ट्रिय सुरक्षा, स्वतन्त्रता र एकताको अभेद्य कवच हो । राष्ट्रिय मेलमिला नीतिका सुत्रधार बीपी कोइरालामा हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।’’








