असार २,२०८३ / १० : ४८ अपरान्ह / 2026-06-16 10:48 pm
      • param ad
      • furniture
      • veera Incorporation

      भारतीय गुप्तचर रअका प्रमुख नेपालमा किन आए ?

      - ६ वर्ष अगाडि
      श्रावण ६,२०७६

      काठमाडौं , नेपालको राजनीतिमा भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङको भुमिकालाई शन्कास्पद नजरले हेरिन्छ र नेपाली राजनीतिमा उसको भूमिका पनि महत्वपूर्ण नै छ । रअकै खेलका कारण नेपालमा साना ठूला राजनीतिक परिवर्तन भईरहेकै हुन्छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला इन्चार्ज र सहइन्चार्ज तोकेकै दिन रअका प्रमुख समान्तकुमार गोयल नेपाल आएका छन् । यो बिषयले नेपाली राजनीतिमा उथलपुथल बनाएको छ् ।  

      गोयलसहित पाँच जनाको टोली आइतबार दिउँसो काठमाडौं आएको हो । रअ प्रमुख गोयल सहितको टोली बौद्धस्थित हायात होटलको कोठा नं ३ सय २४ नम्बरमा बसेको छ । 

      पाँच दिनसम्म बस्ने योजना बनाएर आएको रअ टोलीले सत्तारूढ दलका नेता र प्रतिपक्षी नेपाली कांग्रेसका नेतासँग पनि भेटघाट गर्ने तयारी गरेको स्रोतले बताएको छ । नेपालका नेतासँग रअ अधिकारीहरुले होटलमै भेटवार्ता गर्ने वातावरण मिलाइएको सुरक्षा निकायले जनाएको छ । तर, अहिलेसम्म कुनै पनि नेताको समय भने टुंगो लागिसकेको छैन । यद्द्यपी गोप्य भेटघाट हुने भएकाले साझ विहान गोयलले नेपालका नेताहरुलाई भेट्न सक्ने बुझिएको छ । 

      गोयल गत महिना मात्रै रअ प्रमुख नियुक्त भएका थिए । उनी रअ प्रमुख भएपछि पहिलोपटक नेपाल आएका हुन् । भ्रमण टोलीमा रअको राजनीतिक ब्युरो नियाल्ने पदाधिकारीसमेत संलग्न भएका कारण यसलाई निक्कै चासोका साथ हेरिएको छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d