असार २,२०८३ / ११ : ०७ अपरान्ह / 2026-06-16 11:07 pm
      • param ad
      • furniture
      • veera Incorporation

      पूर्वाधार निर्माणमा गुणस्तरीय कार्य गर्न मुख्यमन्त्री राइको आग्रह

      - ६ वर्ष अगाडि
      श्रावण ४,२०७६

      प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले इञ्जिनीयरहरुले प्रदेशको पूर्वाधार निर्माणमा गुणस्तरीय कार्य गर्नुपर्ने बताएका छन् ।

      ५७ औं इञ्जिनीयर्स दिवसको अवसरमा नेपाल इञ्जिनीयर्स एशोसिएशन प्रदेश नं १ ले शुक्रबार साँझ आयोजना गरेको राईले प्रदेशले पूर्वाधार विकासमा ठूलो बजेट रकम छुट्याएकाले नमूना प्रदेश बनाउन सरकारसँग हातेमालो गर्न आग्रह गरेका छन ।

      मुख्यमन्त्री राईले प्रदेश सरकारले चाँडै नै विज्ञ सम्मेलनको आयोजना गरी ठोस योजना बनाए पश्चात लगानी सम्मेलनको आयोजना गर्ने बताए। विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगरमा छात्रावास सहितको एउटा प्राविधिक विद्यालय सञ्चालन गर्ने जानकारी दिँदै गुणस्तरीय कार्यबाट सुशासन कायम हुने बताए ।

      प्रदेश सदस्य जयराम यादवले इञ्जिनीयरले दैवीप्रकोपलाई ध्यानमा राखी विकास निर्माणका कार्य गर्नुपर्नेमा जोड दिएका छन । त्यस्तै कार्यक्रममा उपस्थित एशोसिएशनका प्रदेश अध्यक्ष यशवन्त विक्रम शाह, पूर्वाञ्चल इञ्जिनीयर क्याम्पस धरानका प्रमुख ओमप्रकाश ढकाल, पूर्वकेन्द्रीय अध्यक्ष ध्रुव थापा, मनोज घिमिरेले इञ्जिनीयर पूर्वाधार विकासका मेरुदण्ड भएको बताए । नेपालमा ५२ हजार इञ्जिनीयर दर्ता रहेकोमा हाल स्वदेशमा ३६ हजार कार्यरत रहेको तथ्यान्क छ ।  

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d