असार २,२०८३ / ११ : ०७ अपरान्ह / 2026-06-16 11:07 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नेकपाको एकता प्रक्रिया टुँगियो, साउन ५ मा बाँकी विषयमा छलफल हुने

      - ६ वर्ष अगाडि
      श्रावण १,२०७६

      काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रिया टुँगिएको छ। तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकीकरण भएर बनेको नेपाल कम्यूनिष्ट पार्टी नेकपाले एकीकरण भएको एक बर्षभन्दा बढी समयपछि पूर्णता पाएको हो। 

      मंगलबार पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा विशेष प्रदेश, केन्द्रीय आयोग, विभाग, सल्लाहाकार परिषद् लगायतका सबै विषयमा सहमति जुटेको नेकपा स्रोतले जनाएको छ। मंगलबारको बैठकमा साउन ५ गते सचिवालय बैठक बसेर एकता प्रकृया टुँगो लागेको औपचारीक घोषणा गर्ने निर्णयसमेत भएको छ। 

      अध्यक्षद्वयबीच भएको छलफलमा महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादलसमेत सहभागी रहेका थिए। मुख्य दुइ वामपन्थी नेकपा एमाले र माअवादी केन्द्रवीच २०७५ जेठ ३ गते पार्टी एकीकरणके घेषणा गरिएको थियो।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d