असार २,२०८३ / १० : ४७ अपरान्ह / 2026-06-16 10:47 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सरकार असंवेदनशिल र अनुत्तरदायी देखिएको कांग्रेसको आरोप

      - ६ वर्ष अगाडि
      असार ३१,२०७६

      काठमाडौं, नेपाली कांग्रेसका सांसदहरुलले बाढी, डुवान र पहिरोबाट प्रभावितहरुको राहत र उद्धारको लागि ५ दिनको  दिनको तलब बराबरको रकम सहयोग गर्ने भएका छन् । 

      नेपाली कांग्रेस संसदीय दलको निर्णय अनुसार बाढी प्रभावितलाइ ५ दिनको तलब बराबरको आर्थिक सहयोग गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । यस्तै कांग्रेसले बाढी पहिरो सँग सम्बन्धित अत्यन्त जरुरी सार्वजनिक महत्वको विषय माथि छलफल गर्न सरकार तयार नभएको आरोप पनि लगाएको छ । 

      प्रमुख सचेतक खाणले विज्ञप्ति निकालेर आफ्नो पार्टी र राजपाले संसदको अन्य कारवाही स्थगन गरी बाढी पहिरोको विपद व्यवस्थापन सम्बन्धमा छलफल गरियोस् भनेर ल्याएको प्रस्तावमा छलफल गर्न भनेपनि सत्तापक्ष सकारात्मक नदेखिएको बताएका छन् । 

      संसदमा छलफल गरी सबै एकजुट भई विपदको सामना गर्न, जनतालाई विश्वास र भरोषा दिलाउँन, विपदबाट उद्धार, राहत र पुनस्र्थापनामा जुट्नुपर्नेमा सरकार संसदको सामना गर्न नै तयार नहुनु दुःखद भएको उनको भनाइ छ । सरकारको यस्तो असंवेदनशिल, अनुत्तरदायी र असहिष्णुता कार्य प्रति काँग्रेस खेद प्रकट गर्दछ , विज्ञप्तिमा उल्लेख  छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d