असार २,२०८३ / ११ : ०७ अपरान्ह / 2026-06-16 11:07 pm
      • param ad
      • furniture
      • veera Incorporation

      विप्लव नेतृत्वको नेकपालाई सरकारको आग्रह 'वार्तामा नआए क्षति व्यहोर्नुपर्ने टिप्पणी'

      - ६ वर्ष अगाडि
      असार २०,२०७६

      काठमाडौं, विप्लव नेतृत्वको नेकपालाई सरकारले वार्ताको बाटो रोज्न आग्रह गरेको छ । नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री गोकुल बास्कोटाले वार्तामा नआए विप्लव समूहले नै क्षति व्यहोर्नुपर्ने टिप्पणी गरे । 

      विप्लव समूहले लुटपाट चलाएको र यो क्रमशः सङ्गठित आतङ्कवादतर्फ उन्मुख रहेको उल्लेख गर्दै सरकारले जङ्गली राजलाई छुट दिन नसक्ने धारणाा राखे । 

      माग्ने कुरा केही नभएका कारण विप्लव समूह वार्तामा आउन नचाहेको मन्त्री बास्कोटाले बताए । दुई तिहाईको सरकार सिमलको भुवा जस्तो नभएको भन्दै उनले चुनाव लड्ने हुति नभएका कारण १२ वटा सिम फेरेर विप्लव समूहले तर्साउँदै हिँडेको उल्लेख गरे । 

      मन्त्री बास्कोटाले क्रान्तिका नाममा स्कुल बन्द गराएर वितण्डा नमच्चाउन विप्लव समूहलाई चेतावनी दिए । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d