असार २,२०८३ / १० : ४८ अपरान्ह / 2026-06-16 10:48 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सरकारविरुद्ध संयुक्त रुपमा साना दलहरुले २० गते प्रदर्शन गर्ने

      - ६ वर्ष अगाडि
      असार १९,२०७६

      काठमाडौं, सरकार सर्वसत्तावादी, निरंकुस र लम्पसरवादी बनेको आरोप लगाउँदै साना दलहरुले सरकारविरुद्ध आन्दोलनमा उत्रिने भएका छन् । 

      संयुक्त राष्ट्रिय आन्दोलनको नाममा जुटेका साना दलहरुले सरकारले पछिल्ला दिनमा जनताको शान्ति सुरक्षा कायम गर्न नसकेको, सर्वसत्तावादी बनेको, धर्म निरपेक्षताको नाममा विदेशी धर्मलाई भित्र्याउन ढोका खुल्ला गरेको जस्ता आरोप लगाउँदै साना दल सरकारविरुद्ध एकैसाथ आन्दोलन गर्न तयार भएका हुन् । 

      नेकपा (माले), नेपाल समाजवादी कांग्रेस, नेपाली कांग्रेस (विपी), समाजवादी पार्टी नेपाल, राष्ट्रिय लोकतान्त्रि मञ्च, ३३ दलीय मोर्चा पार्टी, जनमोर्चा नेपाल र जनताको प्रजातान्त्रिक पार्टी मिलेर ‘संयुक्त राष्ट्रिय आन्दोलन’ बनाएका थिए । सोही संयुक्त राष्ट्रिय आन्दोलनले असार २० गतेदेखि संयुक्त रुपमा सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ । 

      बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपा मालेका महासचिव सिपी मैनालीले जवरजस्ती धर्म निरपेक्षता लाद्दै सनातनी धर्म मासेर विदेशी धर्म भित्र्याउने प्रयास गरिएको आरोप लगाए । ‘सनतानी धर्म मासेर केपी ओलीजीले १ करोडको सम्मान पाउनुभयो’ उनले भने ‘देशमा रहेका सबै धर्मलार्य समान रुपले समान अवसर दिनुपर्छ, विदेशी धर्मका नाममा सनातनी धर्म मास्न पाइदैन ।’

      सो पत्रकार सम्मेलनमा नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौलाले सरकारको कार्यशैली सही नभएकाले संयुक्त रुपमा आन्दोलन गर्नको विकल्प नभएको दावी गरे । अध्यक्ष निरौलाले धर्म निरपेक्षता र संघीयताको नाममा देशलाई विलय गराउने प्रयासमा सरकार लागेको आरोप पनि लगाए । 

      उनले सरकार देशलाई नै विखण्डनमा ल्याउने बाटोमा लागेका कारण संयुक्त रुपमा आन्दोलन गर्न बाध्य हुनुपरेको बताए । उनले सरकार गलत बाटोमा हिडेको र त्यसको खवरदारीका लागि पनि २० गतेदेखि सडक आन्दोलन गर्नुपरेको बताए । निशान न्युजबाट

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d