असार २,२०८३ / १० : ४७ अपरान्ह / 2026-06-16 10:47 pm
      • param ad
      • furniture
      • veera Incorporation

      परराष्ट्रमन्त्री ज्ञवालीले भेटे चिनका विदेशमन्त्री

      - ६ वर्ष अगाडि
      असार १९,२०७६

      काठमाडौं ,  चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी सँग ग्रेट हल अफ द पिपुलमा बुधवार दुई पक्षीय भेटवार्ता गरेका छन् । सो बैठकमा दुई देशबीचको मित्रता, आपसी फाइदा र समझदारीलाई अघि बढाउने जनाएका छन् ।  साथै दुई पक्षीय उच्चस्तरको भ्रमणलाई पनि सो अवसरमा जोड दिइएकोे बेइजिङस्थित नेपाली दूतावासले जानकारी गराएको छ ।

      परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनमा रहेका नेपाली विद्वान लगायतसँग अन्तरक्रिया गरेका थिए । सो अवसरमा करिब ३० जना नेपालीको सहभागिता रहेको जनाइएको छ । परराष्ट्रमन्त्री ज्ञवाली उनको सम्मानमा नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोहमा पनि बुधबार साँझ सहभागी भएका थिए । कार्यक्रममा करिब १०० जनाको सहभागिता रहेको थियो । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d