असार २,२०८३ / ०९ : ३९ अपरान्ह / 2026-06-16 09:39 pm
      • param ad
      • furniture
      • veera Incorporation

      देउवा सहभागी हुने कार्यक्रम महत र केसीद्वारा बहिस्कार

      - ७ वर्ष अगाडि
      जेष्ठ ३२,२०७६

      काठमाडौं, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी हुन लागेको नुवाकोटको एक कार्यक्रममा सोही जिल्लाका नेताहरु नजाने भएका छन । 

      नुवाकोटमा आज आयोजना हुन लागेको क्षेत्रीय सम्मेलनलाई पूर्व अर्थमन्त्री डा रामशरण महत र अर्का नेता अर्जुननरसिंह केसीले देउवा जाने भएपछी  बहिस्कार गर्ने भएका हुन्।

      नुवाकोटका दुवै क्षेत्रले संयुक्त रुपमा क्षेत्रीय सम्मेलन गर्न लागेका हुन्। संस्थापन पक्षका नेताहरुको इच्छा अनुरुप आयोजना गरिएको कार्यक्रममा शीर्ष नेताहरुलाई अवमूल्यन गरिएकाले डा महत र केसी सहभागी नहुने स्रोतले बताएको छ ।  

      लिखु गाउँपालिका ४ मा हुने कार्यक्रममा सभापति देउवासहित उपसभापति विजय गच्छदार र सहमहामन्त्री डा प्रकाशशरण महतले सम्बोधन गर्नेछन ।

      कार्यक्रमको प्रारुप तयार गरिसकेपछि अन्तिम समयमा निमन्त्रणा गरिएको जनाउँदै दुवै नेता नजाने भएका हुन्। जिल्लामा प्रचारित पोस्टरमा अतिथिका रुपमा महत र केसीको नाम उल्लेख गरिएको छैन।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d