असार २,२०८३ / ०९ : ४० अपरान्ह / 2026-06-16 09:40 pm
      • param ad
      • furniture
      • veera Incorporation

      प्रधानमन्त्रीको यात्रा - रेल देखी केवलकारसम्म

      - ७ वर्ष अगाडि
      जेष्ठ ३२,२०७६

      लण्डनबाट रेल चढेर पेरिस पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार फ्रान्स, स्वीटजरल्याण्ड र इटालीको सीमानामा अवस्थित शामोनी हिमवत क्षेत्रमा रहेको केवलकार चढेर हिमाली पर्यटनको मज्जा लिएका छन ।

      प्रधानमन्त्री ओलीसहितको नेपाली टोलीले शामोनीमा रहेको उच्च प्रविधिको केबुलकार चढेर हिमाली पर्यटनको अवलोकन गरेको हो । शामोनी शहर फ्रान्स, इटाली र स्वीट्जरल्याण्डको सीमानामा पर्छ । साथै यो युरोपको सबैभन्दा ठूलो हिमालको फेदीमा पर्ने ठाउँ पनि हो ।

      उक्त क्षेत्रमा स्की एवं हिउँमा गएर चिप्लेटी खेल्नका लागि पूर्वाधारहरुको विकास गरिएको छ । हिमाली क्षेत्रमा पर्यटकहरुलाई कसरी आकर्षण गर्न सकिन्छ भन्ने उदाहरण शामोनीमा देख्न सकिन्छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d