असार २,२०८३ / ०९ : ३६ अपरान्ह / 2026-06-16 09:36 pm
      • param ad
      • furniture
      • veera Incorporation

      विप्लपनिकट विध्यार्थीद्वारा फेरी आन्दोलनको घोषणा

      - ७ वर्ष अगाडि
      जेष्ठ २८,२०७६

      काठमाडौं, सरकारले लगाएको प्रतिबन्ध नहटाउदै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

      सरकारले पार्टीमाथिको प्रतिबन्धपछि गिरफ्तार गरेका आफ्ना विद्यार्थी नेताहरुको तत्काल रिहाईको मागसहित संघर्षका कार्यक्रम सार्वजनिक गरिएको विज्ञप्तिमार्फत जनाइएको छ ।  अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकालले विज्ञप्ति जारी गर्दै बिना कारण गिरफ्तार आफ्नो संगठनका नेताहरुलाई रिहा नगरे कडा संघर्षमा जाने चेतावनी पनि दिएका छन् ।

      विज्ञप्ति मार्फत ढकालले संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेका छन् । सार्वजनिक कार्यक्रमहरुमा आगामी जेष्ठ ३० र ३१ गते देशव्यापीरुपमा विद्यालय, क्याम्पस र विश्वविद्यालयहरुमा अन्तरक्रिया र विरोध कार्यक्रम गरिनेछन्।

      विरोधका पर्चा वितरण, राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी, हस्ताक्षर संकलन, भण्डाफोर तथा कोणसभा गर्ने, असार १,२ र ३ गते जुलुस प्रदर्शन गर्ने,असार ४ गते क्याम्पस अगाडि एकघण्टा चक्काजाम गर्ने, साथै असार ६ गते गैह्रन्यायीक गिरफ्तार गरिएका जिल्लाहरुमा शैक्षिक हड्ताल गर्ने रहेका छन् ।

      आन्दोलनका बाबजुद पनि आफूहरुका माग पूरा नभए ७ गतेबाट अर्को चरणको कार्यक्रम घोषणा गर्ने विज्ञप्तिमा उल्लेख छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d