काठमाडौं, गत वर्ष जेठ ३ गते पार्टी एकता भएपनि नेकपाको सम्पूर्ण एकता प्रक्रियाका काम टुंग्याउन बाँकी छ ।
नेकपाले जिल्ला कमिटिको इन्चार्ज र सहइञ्चार्जको टुङो लगाउन सकेको छैन । तर आज बस्ने बैठकले जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज टुङ्गो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको सचिवालय बैठकले जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयमा छलफल गर्दै आज निर्णय लिने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन ।
केन्द्रीय सदस्यको कार्यविभाजनबारे पार्टीमा छलफल भइरहेको र छलफल सकारात्मक दिशामा अघि बढेको श्रेष्ठले बताए ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण बुधबार नै टुंग्याउने भनिएको जिल्ला इञ्चार्ज र सहइञ्चार्जको विषय आज टुंग्याउने लगाइने भएको हो ।
केन्द्रीय सदस्यको कार्य विभाजनसँगै जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयमा नेकपाको सचिवालय बैठक मङ्गलबारदेखि निरन्तर चलिरहेको छ ।








