असार २,२०८३ / ०९ : ३७ अपरान्ह / 2026-06-16 09:37 pm
      • param ad
      • furniture
      • veera Incorporation

      ओली र प्रचन्डको गोप्य वार्ता

      - ७ वर्ष अगाडि
      जेष्ठ २०,२०७६

      काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आईतवार दिउसो बालुवाटारमा आधाघण्टा छुट्टै भेटवार्ता भएको स्रोतले जनाएको छ । 

      दाहालले एकताको बेलामा गरेको सहमतिमा भएको आलोपालो प्रधानमन्त्रीको विषय उठाएपछि दुवै नेताको सम्बन्ध चिसिएको धेरैले अड्कल काटिरहरेका छन्।

      दुवै नेता छुट्टै बस्नु अघि नेकपाका महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापासहितको बैठक तीन घण्टा चलेको थियो।

      पार्टीको भागबण्डा, सचिवालय बैठक र संक्रमणकालिन न्यायसम्बन्धी आयोग गठन कसरी टुंगाउने भन्ने विषयमा चार नेताले छलफल गरेको स्रोतले बताएको छ । नेकपाको सचिवालय बैठक मंगलवारदेखी सुरू हुँदै छ।

      बिहिबार अध्यक्ष दाहालले आलोपालो सरकार चलाउने सहमति भएको बताएका थिए। ओलिले प्रधानमन्त्रि नछाड्ने हनेर आफुले कल्पना समेत गर्न नसक्ने भन्दै दाहालले दिएको अन्तरवार्तापछि प्रधानमन्त्री ओलीले पनि सहमति नयाँ नभएको र आफू विदेश भ्रमणमा भएका बेला उछालिएको भन्दै जवाफि अन्तरवार्ता दिएका थिए।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d