असार २,२०८३ / ०९ : ३८ अपरान्ह / 2026-06-16 09:38 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नेकपा भित्र तरङग, बामदेव प्रचण्डतिर

      - ७ वर्ष अगाडि
      जेष्ठ १८,२०७६

      काठमाण्डौ - प्रचन्डको भनाइबाट तरङित भएको नेकपा भित्र नेताहरु दुई धारमा बाडिन थालेका छन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा नेता वामेदव गौतम प्रचन्ड तिर केही लचिलो देखिएका छन । 

      प्युठानमा भएको एउटा कार्यक्रममा बोल्दै नेता गौतमले अध्यक्ष र प्रधानमन्त्री एउटै व्यक्ति हुन नसक्ने बताएका हुन।

      उनले अध्यक्षद्वयले आलोपालो सरकार चलाउनुपर्ने बताउदै यदी आलोपालो सरकार चलाऊन नसक्ने भए प्रधानमन्त्रीले अध्यक्ष पद छाड्नुपर्ने उनको तर्क छ । नेकपामा दुई अध्यक्षबीच भएको सहमति कार्वान्वयन हुनु पर्ने उनले बताए। 

      नेतृत्वले सहमति नबुझेमा त्यो सहमति उल्लंघन हुने र पार्टी एकता बिथोलिने डर भएको नेता गौतमको भनाइ छ । नेकपाले सरकार सञ्चालनको लागि पाँच वर्षको ‘म्यान्डेट’ पाएको भए पनि पार्टी एकीकरणको सहमति उल्लंघन भए ‘खलल्’ उत्पन्न हुने उनले बताए। गौतमले दुई अध्यक्षका बीचमा भएको सहमति कार्यान्वय भएरै छाड्ने पनि बताए।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d