असार २,२०८३ / ०९ : ३८ अपरान्ह / 2026-06-16 09:38 pm
      • param ad
      • furniture
      • veera Incorporation

      प्रधानमन्त्री ओली दिल्ली जादै

      - ७ वर्ष अगाडि
      जेष्ठ १६,२०७६

      काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली आज नयाँदिल्ली प्रस्थान गर्दैछन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन ओली दिल्ली जान लागेका हुन् ।

      प्रधानमन्त्रीको सचिवालयका अनुसार ओली दिउँसो १:३५ बजेको उडानबाट दिल्ली जानेछन् । आज साँझ ७ बजे मोदीको सपथग्रहण समारोह छ उनी त्यही समारोहमा सहभागि हुनेछन । मोदीसँग द्विपक्षीय वार्तापछि ओली शुक्रबार नै स्वदेश फर्किने कार्यक्रम रहेको छ । 

      मोदीको सपथग्रहण समारोहमा विमस्टेक राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुलाई पनि बोलाइएको छ । तर, पाकिस्तानका प्रधानमन्त्रीलाई भने बोलाइएको छैन ।

      यसअघि मोदीको पहिलो कार्यकालको सपथग्रहण समारोहमा दक्षिण एसियाली मुलुकका सरकार प्रमुखलाई बोलाइएको थियो । त्यसबेला नेपालका तर्फबाट तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए ।

      मोदीको सपथग्रहण समारोहमा सार्क मुलुकभित्रै पर्ने पाकिस्तान, अफगानिस्तान र मालदिभ्सका सरकार प्रमुखलाई निम्ता नदिइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । स्रोतका अनुसार अहिले मोदी सार्क राष्ट्र भन्दा बिम्स्टेक राष्ट्र तर्फ अली बढी केन्द्रित भएका छन । 

      मोदीको समथग्रहण समारोहमा थाइल्याण्ड मोरिसस र चेक गणतन्त्रका सरकार प्रमुख पनि सहभागी हुनेछन् ।

      मोदीको दोस्रो कार्यकालको सपथ ग्रहण समारोह हालसम्मकै भव्य हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d